६ जेष्ठ २०८१, आइतबार

प्रतितोला साढे ८५ हजारमा झर्यो सुनको मूल्य

प्रकाशित मिति :  5 March, 2021 12:01 pm


काठमाडौं । काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य साताको कारोबारको अन्तिम दिन पनि घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइहरको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बिहीबार पनि छापावाला सुन प्रतितोला १ हजार रुपैयाँले घटेर ८६ हजार ५०० रुपैयाँ तोकिएको कारोबार भएको थियो ।
त्यस्तै बिहीबार ३० रुपैयाँले घटेको चाँदीको मूल्य आज पनि ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !