२५ बैशाख २०८१, मंगलबार

एभरेष्ट इन्स्योरेन्स गर्यो लाभाशं घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  5 March, 2021 1:37 pm


काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभाशं दिने घोषणा गरेको छ । हिजो बिहीबार बसेको कम्पनी संचालक समितिको बैंठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

बैठकले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो । प्रस्तावित ८ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँ पुग्नेछ ।

कम्पनीको उक्त प्रस्ताव नियामक निकाय बीमा समितिको स्वीकृत गरेर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !