१६ चैत्र २०८०, शुक्रबार

बुटवलमा शिलन्यास कार्यक्रममा अर्थमन्त्री पौडेलमाथि ढुंगामुढा,शिलन्यास स्तम्भ तोडफोड(फोटोसहित)

प्रकाशित मिति :  5 March, 2021 7:29 pm


काठमाडौं ।  अर्थमन्त्री बिष्णु पौडेलमाथि बुटवलमा ढुंगामुढा प्रहार भएको छ ।

बुटवल-१७ स्थित मोतिपूर औद्योगिक क्षेत्रको शिलन्यास गर्नेक्रममा असन्तुष्ट पक्षले ढुंगामुढा गर्दा केही सुरक्षाकर्मी घाइते भएका छन् भने मन्त्री पौडेललाई सुरक्षासहित निकालिउको थियो ।

सयौं भूमिहिन सुकुम्बासीको उठिबास लगाउने गरी मोतिपुर औद्योगिक क्षेत्रको नाममा लालपूर्जा बनाएको स्थानीयवासीको आरोप छ । ।

यसअघि १३ गते शिलन्यासको तयारी गरिएको मोतिपुर औद्योगिक क्षेत्रमा व्यापक विरोध भएपछि मन्त्री पौडेल पछाडि हटेका थिए । आज पौडेल कडा सुरक्षाका बीच सो क्षेत्रमा पुग्दा स्थानीयवासीले हातमा कालो ब्यानर र झण्डा लिएर बगरभरि भेला भएका थिए ।

आक्रोशित भिडले मन्त्री पौडेलसँग छलफल गर्ने भन्दै अगाडि बढ्न खोज्दा सुरक्षाकर्मीले रोकेर लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट केही प्रर्दशनकारी घाइते भएपछि प्रर्दशन उग्र भएका थिए ।

मन्त्री पौडेलले बोल्दै गर्दा सुरक्षाकर्मी र प्रर्दशनकारीबीच तनाब बढेपछि अतिथीहरुको भागभाग भएको थियो । मन्त्री पौडेलले शिलन्यास गरेको १५ मिनेटभित्रमा शिलन्यास स्तम्भसमेत तोडफोड गरिएको छ ।

नेपाल सरकार औद्योगिक क्षेत्र व्यवस्थापन अन्तर्गत बुटवलको सियारी, शुद्धोधन, तिलोत्तमा र बुटवल नगर गरी ४ वटा स्थानीय तहलाई समेटेर ९४६ विगाहा जमिनलाई औद्योगिक करिडोरको रुपमा मोतिपुर क्षेत्रलाई दिने गरी २०७२ चैत १ गते नै तत्कालिन मन्त्रिपरिषदले निर्णय गरेको थियो ।

आयोजनाको लागि विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय परीक्षण प्रतिवेदन समेत विवादका बीच तयार गरिएको थियो । आयोजनालाई चार सेक्टरमा विभाजन गरी कार्यक्रम गर्ने तयारी गरिएको थियो तर स्थानीयहरुले अवरोध गर्दै आएका छन् । फोटो : अनखबरबाट



प्रतिक्रिया दिनुहोस !