१२ श्रावण २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक,सर्वोच्चको फैसला अनपेक्षित भएको प्रतिकृया

प्रकाशित मिति :  7 March, 2021 9:00 pm


काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

आज बेलुकी कानून व्यवसायी तथा विज्ञहरुसँग छलफल गरेपछि प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको हो । छलफलपछि अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको धारणा आएको बताए ।

पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “सर्वोच्चको फैसलाबारे कानून व्यवसायी र विज्ञहरु साथीहरुसँग छलफल गर्‍यौं । फैसला अनेपक्षित जस्तो र बढी राजनीतिक प्रकृतिको फैसला जस्तो लागेको छ भन्ने सुझावहरू आएको छ ।”

उनले स्थायी कमिटी बैठक बसेर आवश्यक निर्णय गर्ने र आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

उनले भने,“भोली स्थायी कमिटीको बैठक बसेर आवश्यक निर्णय गछौं । यो अपेक्षित थिएन यस्तो फैसला अनपेक्षित नै हो यो । यो राजनीतिक प्रकृतिको छ । समग्र फैसलाको अध्ययन गरेर सबै साथीहरूसँग सल्लाह गरेर मात्रै हामीले विस्तारपूर्वक आफ्नो धारणा भोली सार्वजनिक गर्छौं ।”



प्रतिक्रिया दिनुहोस !