२५ बैशाख २०८१, मंगलबार

एफपीओ निष्कासन गर्न मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा

प्रकाशित मिति :  8 March, 2021 1:00 pm


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ निष्काशन गर्ने तयारीका साधारण सभा बोलाएको छ । कम्पनीले १०औं साधारण सभा चैत्र १८ गते पन्चकन्या बैंन्क्वेट, बनेपामा विहान ११ बजे बोलाएको छ ।

संस्थाले थप शेयर बापत कुल ३७ हजार २ सय ६० कित्ता एफपीओ जारी गर्न लागेको हो । सभामा स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त गरेपछि संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिने संस्थाले जनाएको छ ।

संस्थाले उक्त एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगर गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै आर्थिक वर्ष २०७७÷७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र ८ गतेदेखि चैत्र १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !