२५ बैशाख २०८१, मंगलबार

लगातार ओरालो लाग्दै सुनकाे मूल्य

प्रकाशित मिति :  9 March, 2021 11:45 am


काठमाडाैं । नेपाली बजारमा विगत केही समययता सुनकाे मूल्यमा भारी गिरावट आएकाे छ । काेराेना माहामारीसँगै उकालाे लागेर १ लाख भन्दा माथि पुगेकाे सुनकाे मूल्य काेराेना विरुद्धकाे खाेप निस्किए पछि विस्तारै घट्दै गएकाे छ ।

साेमबार ८६ हजार २ सयमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य मंगलबार ६ सय रुपैयाँले घटेर प्रतिताेला ८५ हजार ६ सय काराेबार मूल्य ताेकिएकाे नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएकाे छ ।

आज तेजावी सुनकाे मूल्य प्रतिताेला ८५ हजार १५३ रुपैयाँ रहेकाे छ ।

त्यस्तै मंगलबार चाँदीकाे मूल्य प्रतिताेला ९ रुपैयाँले घटेर १२५५ रुपैयाँमा काराेबार भएकाे महासंघले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !