६ जेष्ठ २०८१, आइतबार

मिथिला लघुवित्तद्धारा लाभाशं घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  9 March, 2021 12:23 pm


काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर घोषणा गरेको छ । आइतबार दिउँसो बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

बैठकले कुल चुक्तापुँजीको १२.६३१५७९ प्रतिशत बराबरको लाभाशं प्रस्ताव गरेको हो । प्रस्तावित लाभाशंमा १ करोड ४६ लाख ८ हजार ९०१ रुपैयाँ बराबरको १२ प्रतिशत बोनस सेयर र ७ लाख ६८ हजार ८८९.५३ रुपैयाँ बराबरको ०.६३१५७९ प्रतिशत नगद लाभाशं (करसहित) रहेका छन्
कम्पनीको उक्त प्रस्तावित लाभाशं राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !