११ बैशाख २०८१, मंगलबार

नेप्से दोहोरो अंकले घट्दा शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार

प्रकाशित मिति :  9 March, 2021 4:02 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक र कारोबार परिसूचक दुबै घटेको छ । आज कारोबार मापक नेप्से परिसूचक २३ २२ अंकले घटेर २४६१.८८ अंकमा पुगेर रोकिएको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४ं४७ अंकले घटेर ४४५.२१ अंकमा पुगेर रोकिएको छ । आज नेप्सेमा कारोबारमा आएका १३ वटा उपसमुह मध्ये १० वटा उपसमुह राताम्ये भएका छन् भने ३ वटा उपसमुहमा हरियारी छाएको छ ।

आज होटेल तथा पर्यटन समूहमा सबैभन्दा बढी ६८.११ अंकले उकालो लागेको छ । जलविद्युत् समूह ३६.३९ अंकले बढेको आज म्युचुअल फन्ड समूहमा ०.०१ अंकको बढेको छ ।

त्यस्तै जीवन बीमा समूह सर्वाधिक २०१.५६ अंकले घटेको छ । निर्जीवन बीमा समूह ११४.७ अंकले घटेको यो दिन बैंकिङ समूहमा २१.७७ अंक, व्यापार समूहमा ४९.८२ अंक, विकास बैंक समूहमा २२ अंक, वित्त समूहमा ४.४३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८८.७४ अंक, अन्य समूहमा २०.४१ अंक, लघुवित्त समूहमा ४७.४६ अंक र लगानी समूहमा १.३४ अंकले घटेको छ ।

त्यसैगरी, आज कारोबारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको थियो । त्यसैले कम्पनीले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ६५ करोड ३५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो ।

कूल २१० वटा कम्पनीको एक करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १ सय ४७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !