६ जेष्ठ २०८१, आइतबार

चीनले ‘पोलार सिल्क रोड’ बनाउने

प्रकाशित मिति :  9 March, 2021 4:34 pm


 काठमाडौ । चीनले ध्रवीय रेशम मार्ग वा पोलार सिल्क रोड बनाउने भएको छ । आर्क्टिक र एन्टार्क्टिक क्षेत्रबीचको विकासमा सक्रियरूपले साझेदारी गर्नका लागि ‘पोलार सिल्क रोड’ निर्माण गर्ने भएको छ ।

२०२१देखि २०२५ भित्रको नयाँ पञ्च वर्षेयोजनामा चीनले यस्तो निर्माण मनसाय राखेको घोषणा गरेको हो । शुक्रबार सार्वजनिक गरिएको पञ्च वर्षे योजनामा चीनले उत्तरी ध्रुवमा व्यवहारिक सहयोग कार्यक्रमा सहभागी हुने र दक्षिण ध्रुवको संरक्षण तथा उपोगको क्षमता अभिवृद्धि कार्यमा सहयोग गर्ने विषय उल्लेख गरेको हो ।

यो योजनाले चीनको बेल्ट एन्ड रोड इनसिएटिभलाई आर्क्टिक क्षेत्रसम्म विस्तार गर्नेछ । सन् २०१८ मा वस्तु ओसारपसारको मार्गको विकास गरी यो क्षेत्रसम्म पुग्ने घोषणा गरिएको थियो। उत्तरपूर्व, उत्तरपश्चिम र आकर््िटको केन्द्रिय क्षेत्र भएर एसिया र युरोपलाई जोड्ने नयाँ ढुवानी बाटो बनाउन चाहेको चीनले जनायो ।

चीनले उद्यमलाई प्रोत्साहन र पूर्वाधार निर्माण तथा व्यवसायिक यात्रा परीक्षण सञ्चालन गरी पोलार सिल्क रोडबाट आर्क्टिकका लागि सामान ओसार प्रसारको बाटो बनाउने काम गर्ने जनायो । आक्र्टिकको क्षेत्र ८०लाख वर्ग किलोमिटरमा फैलिएको छ ।

यहाँको सार्वभौमिकता रूस, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे, स्विडन, क्यानाडा र अमेरिकामा रहेको छ। आकर््िटक महासागर १ करोड २० लाख वर्ग किलोमिटरमा फैलिएको छ । अन्तर्राष्ट्रिय कानुन अनुसार यहाँको जलीय क्षेत्रमा किनारासँग जोडिएका देशहरूको हुन्छ ।



प्रतिक्रिया दिनुहोस !