६ जेष्ठ २०८१, आइतबार

पुनः एकीकरण गर्ने भए निवेदन दिन एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगको आग्रह

प्रकाशित मिति :  9 March, 2021 4:52 pm


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादीलाई एकीकरण गर्ने भए १५ दिनभित्रमा निवेदन दिन निर्वाचन आयोगले आग्रह गरेको छ ।

आज बसेको आयोगको बैठकले एमाले र माओवादी केन्द्रलाई पुनः एकीकरण गर्ने भएमा नयाँ दलको नाम र चिन्ह प्रस्ताव गरेर १५ दिन भित्रमा आयोगमा निवेदन दिन आग्रह गरेको हो ।

बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

आयोगले गोपाल किराँतीको अध्यक्षतामा रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको अध्यक्षतामा रहेको नेकपा एमालेलाई नाम फेर्न प्रस्ताव गरेको छ ।



प्रतिक्रिया दिनुहोस !