६ पुस २०८२, आइतबार

माओवादी केन्द्रद्वारा सांगठनिक संरचनाबारे सुझाव दिन कार्यदल गठन

प्रकाशित मिति :  10 March, 2021 3:01 pm


काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले संगठन संरचनाबारे सुझाव दिन कार्यदल गठन गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज गरेपछि सविककै नेकपा माओवादी केन्द्र सकृय भएको छ ।

तत्कालिन नेकपा एमालेसँग एकीकरण गरेपछि सांगठनिक संरचनाहरुमा फेरबदल भएका छन् । सोही संरचनाबारे साविककै अवस्थामा ल्याएर कृयाशील बनाउने माओवादी केन्द्रले कार्यदल गठन गरेको हो ।



प्रतिक्रिया दिनुहोस !