७ जेष्ठ २०८१, सोमबार

कांग्रेस : एकै पार्टीभित्र दुई पक्षका वार्ता टोली, एक सातासम्मको वार्ता निरर्थक

प्रकाशित मिति :  21 December, 2019 6:57 am


काठमाडौं, पुस ५ । प्रमुख प्रतिपक्षी कांग्रेसमा १४औँ महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक विवाद झन् बल्झिएको छ । एउटै झन्डामुनि दुई वार्ता टोली बनाएर सहमतिको प्रयास भइरहेको छ । तर, एक सातासम्म प्रयास गर्दा पनि वार्ता निष्कर्षविहीन छ । कांग्रेस केन्द्रीय कार्यसमितिको चारवर्षे अवधि फागुनमा सकिँदै छ । तर, महाधिवेशनको कार्यतालिका ल्याउनुको सट्टा सभापति शेरबहादुर देउवाले बल्ल विभाग गठन र भ्रातृ संगठनको नेतृत्वमा मनोनयन गर्न खोजेको भन्दै  पौडेल र सिटौला समूहले केन्द्रीय समिति बैठक नै बहिष्कार गरेका छन् । २६ मंसिरमा बोलाइएको केन्द्रीय समिति बैठक देउवाइतर सदस्य सहभागी नभएपछि सहमतिको प्रयास सुरु भएको हो ।

दुवै वार्ता टोलीबीच एक सातासम्म दिनहुँजसो भएका छलफलमा पनि सहमति नजुटेको नयाँ पत्रिका दैनिकमा  समाचार छ।



प्रतिक्रिया दिनुहोस !