१२ श्रावण २०८१, शनिबार

घुस लिएको आरोपमा आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृतसहित दुई जना पक्राउ

प्रकाशित मिति :  11 March, 2021 11:06 am


काठमाडौं ।  धनुषा आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृत घुस रकम अधिकृतसहित पक्राउ परेका छन् ।

कर अधिकृत रमेश ढकाललाई सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ताका लागि सेवाग्राहीसँग रकम लिन लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

अधिकृत ढकालले आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई रकम लिन लगाएको अख्तियारको दाबी छ ।

ढकालका लागि रकम लिने कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले कर्णलाई रकमसहित जनकपुरधाम उप-महानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट पक्राउ गरेको हो ।

त्यस्तै कर अधिकृत रमेश ढकाललाई जिल्ला धनुषा स्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट हिजो नियन्त्रणमा लएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !