१२ श्रावण २०८१, शनिबार

ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह

प्रकाशित मिति :  11 March, 2021 11:28 am


पर्सा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थता र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।

वीरगञ्जमा पत्रकारसँगको भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले भने,“निर्वाचनका लागि तयार हुन म आम मतदाता समक्ष आग्रह गर्दछु ।”
उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने सक्ने बताए ।

उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु¥याए पनि दुवै पार्टीबीचको एकता र दुवै पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ नेकपा एमाले अगाडि बढेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !