१७ माघ २०७९, मंगलबार

प्रचण्डले भने, ‘विप्लवसँग बहस गर्न तयार छु, एक पटक क्रान्तिमा जाने हो’

प्रकाशित मिति :  11 March, 2021 5:57 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू अझै क्रान्तिका लागि तयार रहेको र विप्लव नेतृत्व नेकपासँगको बहसका लागि तयार रहेको बताएका छन् ।

आज काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानमा जनयुद्धका सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा अध्यक्ष प्रचण्डले बहसमा विप्लवले जिते आफू पछि लाग्न तयार रहेको बताएका छन् ।

आफूले त्यसै नछोड्ने भन्दै क्रान्तिमा जाने चेतावनी दिएका हुन् । उनले भने,“कतिपले उमेर पुगेकाले छोड्नु पर्छ भन्ने गरेका छन् । माओले चिनमा सांस्कृति क्रान्ति गर्दा ७२ वर्षको हुनुहुन्थ्यो । जनयुद्ध शुरु गर्दा म ४२र ४३ वर्षको थिएँ । अहिले ६७ वर्षको भएँ । म त्यसै छाड्नेवाला छैन । म एकपटक फेरि क्रान्तिमा जानेमा    छु ।”

नयाँ खोज्दै जाँदा आफ्नै पुराना साथीहरुलाई भुल्दा कमजोर भइएको प्रचण्डको स्वीकारोक्ति थियो । उनले भने,‘हामीले योसँग मिलेर होला कि, त्योसँग मिलेर होला कि भनेर धेरै गरियो। तर, आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै हो । अब फेरि हामी आफ्नै धर्तीसँग जोडिने हो ।

विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही’ले ‘शास्त्रार्थ’ गरौँ जसले जित्छ त्यसलाई मानौँ भनेपछि प्रचण्डले आफू तयार रहेको जवाफ समेत दिएका    छन् । उनले इमान्दारिताका साथ बस्नुपर्ने उल्लेख गर्दै विरहीप्रति लक्षित गर्दै भने, “तपाईंहरुले जित्नु भयो भने म पछि लाग्छु ।”



प्रतिक्रिया दिनुहोस !