२७ बैशाख २०८१, बिहिबार

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आजदेखि आवेदन खुला

प्रकाशित मिति :  12 March, 2021 1:55 pm


काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ३५ लाख कित्ता ऋणपत्र आजदेखि निष्कासन गरेको छ । बैंकले फागुन २८ गते देखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो ।

प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन २८ गते शुक्रबारबाट ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

कुल ऋणपत्रमध्ये बैंकले ६० प्रतिशतले हुन आउने २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने १३ लाख ३० हजार कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आठ वर्ष अवधिको ‘८.७५ प्रतिशत प्राइम डिवेञ्चर २०८५’ नामक सो ऋणपत्रमा लगानीकर्ताले ऋणपत्र खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो शेयरको वेवसाइट तथा मोबाइल एपबाट समेत आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । ऋणपत्रमा बैंकले वार्षिक ८.७५ प्रतिशतका दरले हरेक आर्थिक वर्षमा दुई पटक अर्धवार्षिक रुपमा लगानीकर्तालाई ब्याज भुक्तानी दिनेछ ।



प्रतिक्रिया दिनुहोस !