७ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री ओलीको अफिसियल ट्वीटर ‘ह्याक’

प्रकाशित मिति :  21 December, 2019 2:14 pm


काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको अफिसियल ट्वीटर ह्याक भएको खुलासा भएको छ ।भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको छ ।

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ ट्वीटरको पासवर्ड दुरुपयोग गरेर रि–ट्वीट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस नेतृको भिडियोलाई प्रधानमन्त्री ओलीको भेरिफाइड ट्वीटर ह्याण्डलबाट रि–ट्वीट भएपछि सामाजिक सञ्जालमा अनेकौं टिकाटिप्पणी भएको छ ।



प्रतिक्रिया दिनुहोस !