२० माघ २०७९, शुक्रबार

 स्वतन्त्रता दिवस अघि अमेरिका कोरोनाभाइरस मुक्त बनाउने राष्ट्रपति बाइडनको चाहना

प्रकाशित मिति :  12 March, 2021 3:05 pm


काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले सबै अमेरिकीलाई त्यहाँको स्वतन्त्रता दिवस जुलाई चार अघि कोभिड–१९को खोप दिएर कोरोना मुक्त बनाउने प्रयासमा जुटेका छन् ।

आफ्नो पहिलो प्राइमटाइम सम्बोधनमा बाइडनले १ मे देखि सबै वयस्कलाई खोप लिन सक्ने आदेश दिएका छन् ।

अहिले उमेर र स्वास्थ्यका आधारमा कोभिड खोप दिने प्रावधान तय गरिएको छ । वैश्विक महामारी तोकिएकै दिनको एक वर्षमा बाइडनले यो सम्बोधन गरेका छन् ।

त्यसयता पचास लाख अमेरिकीहरूको मृत्यु भइसकेको छ । अमेरिकीहरूको यो संख्या विश्व युद्ध प्रथम , विश्व युद्ध द्वितीय र भिएतनाम युद्ध समेत गरे पनि ठूलो हो ।

अमेरिकाका विद्यालय र व्यवसाय बन्द छन् । मानिसहरू छुट्टै बसेको स्थितिमा अमेरिका छ ।

अमेरिकीहरू भाइरस मुक्त भए मात्र अमेरिकी स्वतन्त्रता दिवस मनाउनुको अर्थ हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !