१९ बैशाख २०८१, बुधबार

यस्तो छ तुल्सिपुर उपमहानगरपालिकाको नयाँ लोगो

प्रकाशित मिति :  13 March, 2021 6:53 am


दाङ।

तुल्सिपुर उपमहानगरपालिकाले नयाँ प्रतिक चिन्ह (लोगो) पारित गरेको छ।

आठौं नगरसभाले पारित गरेको लोगो तुल्सिपुर उपमहानगरपालिका वार्ड नम्बर १५ निवासी प्रेमराज चौधरीले बनाएका हुन्।

पारितसँगै सार्वजनिक भएको लोगोमा विकास, वातावरण, धार्मिक तथा सांस्कृतिक र भौगोलिक अवस्थिति लगायतका विषय समावेश गरिएको छ।

उपमहानगरपालिकाले गत मंसिर १५ गते लोगो निर्माणका लागि आव्हान गरेको थियो। प्रतिष्पर्धामा प्राप्त १७ वटा लोगो मध्ये उत्कृष्ट लोगोका रुपमा छानिएको चौधरीलाई २० हजार नगद पुरस्कार प्रदान गरिएको छ।

 



प्रतिक्रिया दिनुहोस !