१२ श्रावण २०८१, शनिबार

नेकपा एमालेमा खनाल-नेपाल पक्षले बनायो समानान्तर संरचना

प्रकाशित मिति :  13 March, 2021 2:06 pm


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी खोसेपछि नेपाल खनाल पक्षको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाउन सुरु गरको हो ।

नेपाल खनाल पक्षले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य,गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाइ जिम्मा दिएको छ ।

बैठकले युवा विभागको प्रमुख रघुजी पन्त, विद्यार्थी विभागको प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुखमा योगेश भट्टराई, महिला विभाग प्रमुखमा अष्टलक्ष्मी शाक्यल र बुद्धिजीवी विभागको प्रमुखमा प्रमेश हमाल तोकेको छ ।



प्रतिक्रिया दिनुहोस !