६ जेष्ठ २०८१, आइतबार

महुली लघुवित्तले एफपीओ जारी गर्न डाक्यो साभारण सभा

प्रकाशित मिति :  14 March, 2021 11:55 am


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले आउँदो वार्षिक साधारण सभामा एफपीओ जारी गर्न प्रस्ताव राख्नेछ ।

हिजो बसेको कम्पनी संचालक समितिको बैठकका अनुसार कम्पनीको आठौं वार्षिक साधारण सभा चैत्र २५ गते बुधबार संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११ बजे बस्ने तयारी गरेको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यस्तै सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित साविक महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष आषाढ मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिनेछ यसका साथै लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि पनि छलफल हुनेछ ।

कम्पनीले चैत १० गते पछि साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागी बुकक्लोज गर्दैछ । यसर्थ चैत्र ९ गतेसम्म कायम सेयरधनीले उक्त लााभाशं प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !