१२ श्रावण २०८१, शनिबार

रोल्पामा नेकपा(एमाले)को एकै दिन ५ गाउँपालिकामा कार्यालय स्थापना

प्रकाशित मिति :  14 March, 2021 8:18 pm


रोल्पा । रोल्पामा नेकपा(एमाले) ले एकै दिन ५ गाउँपालिकामा कार्यालय स्थापना गरेको छ ।

नेकपा एमालेले रुन्टीगढी,माडी,गंगादेव,परिवर्तन र सुनिलस्मृति गाउँपालिकामामा आज कार्यालय स्थापना गरेको नेतृत्व इश्वरी जिएमले जानकारी गराएकी छन् । अन्यपालिकामा पनि छिट्टै कार्यालय स्थापना हुने उनको भनाई छ ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसला अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज भएर नेकपा एमालेपनि व्युतिएपछि रोल्पा जिल्ला पार्टी कार्यालय फागुन २७ गते पुनःसञ्चालनमा ल्याइएको थियो । जिल्लापछि आज १० वटा स्थानीय तहमध्य ५ वटा स्थानीय तहको पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस !