५ जेष्ठ २०८१, शनिबार

नेप्सेमा सामान्य सुधार, कारोबारका आधारमा नेपाल लाइफ अग्रस्थानमा

प्रकाशित मिति :  16 March, 2021 3:31 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य सुधार भएको छ । मंगलबार नेप्से २.५६ अंकले बढेर २३९१.७४ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.४४ अंकले बढेर ४३०.४९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ, भने बाँकी ६ वटा कम्पनीको सेयर घटेको छ ।
आज कारोबारको आधारमा नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको १९ करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कूल २ सय १६ वटा कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !