६ जेष्ठ २०८१, आइतबार

नेपाल–खनाल पक्षकाे २ दिने राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

प्रकाशित मिति :  17 March, 2021 10:23 am


काठमाडाैं । नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल समूहले आजदेखि काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेपाल–खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने बताइएको छ । भेलामा सहभागी हुन जिल्लाबाट नेता र कार्यकर्ता काठमाडौं आइसकेका छन् ।

नेपाल समूहले मंगलबार पत्रकार सम्मेलन गरी भेलाको सम्मूर्ण तयारी पूरा भएको जानकारी दिएको थियो । भेलालाई नेताद्वय नेपाल र खनालसहितका नेताहरूले सम्बोधन गर्ने भएका छन्।



प्रतिक्रिया दिनुहोस !