२१ बैशाख २०८१, शुक्रबार

सर्वोत्तम सिमेन्टको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आएमई क्यापिटल नियुक्त

प्रकाशित मिति :  17 March, 2021 1:12 pm


काठमाडौं । बुक विल्डिङबाट आइपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले धितोपत्र बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले बुधबार आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा गर्न ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।

साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई पनि सहायक बिक्री प्रबन्धक नियुक्त गरेको छ । ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दैछ ।

७५० रुपैयाँ प्रतिकित्ता हुने गरी यसले आईपीओ जारी गर्ने कम्पनीको तयारी छ । संस्थागत लगानीकर्तालाई रु ७५० मुल्य तोकिएको छ । यता सर्वसाधारणहरूले भने ७५० रूपैयाँमा १० प्रतिशत घटाई ६७५ रूपैयाँमा सेयर पाउनेछन् ।

सर्वाेत्तम सिमेन्ट लिमिटेडले नेपाल मै पहिलो पटक बुक विल्डिङ्ग विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ ।



प्रतिक्रिया दिनुहोस !