२२ बैशाख २०८१, शनिबार

एमाले संसदीय दलको बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने

प्रकाशित मिति :  18 March, 2021 9:49 am


फाइल फाेटाे

काठमाडाैं । नेकपा एमालेको संसदीय दलको बैठक आज ११ बजे बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बिहान ११ बजेपछि बालुवाटारमा बोलाएका छन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने जनाएको छ ।

बुधबारदेखि सुरु भएको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज साँझ ५ बजेसम्म चल्ने भएकाले अरू कार्यक्रममा जान नसकिने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन ।

हिजाेदेखि शुरु भएको कार्यकर्ता भेलामा नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए, कार्यपत्रमा सामूहिक छलफल भइरहेको छ । भेला आज सकिदै छ ।

 



प्रतिक्रिया दिनुहोस !