१५ बैशाख २०८१, शनिबार

लाइन नमिलेपछि जसपाको बैठक स्थगित

प्रकाशित मिति :  18 March, 2021 1:27 pm


काठमाडौ । जनता समाजवादी पार्टीका केन्द्रीय नेतृत्व तहमा कुरो नमिलेकाले बिहीबार भनिएको केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थागित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर पनि सरकार टिकाउने योजनामा रहेका छन् । उनले जसपाका १५ जना सांसदलाई लिएर सरकार बनाउन सकिने विश्वास जसपाका नेताहरूले दिलाएका थिए ।

जसपाका नेताहरूको माग सबै पूरा गरिदिने पनि भनेका थिए । तर एमाले पार्टीका दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले ओलीलाई साथ नदिने स्थिति देखा परेकाले जसपाले निर्णय गर्न नसकेको हो । एमाले एक ढिक्का हो भने जसपाका १५ सांसद भए पुग्ने अवस्था छ ।

पुरानो राजपाले पार्टी फुुटाएर सरकार बनाउन सकिने अवस्था छ तर ओलीको सरकार बन्ने र टिक्नेमा विश्वास जसपाका नेताहरूलाई हुन सकिरहेको छैन् । संसदमा विश्वासको मतदानमा नेपाल खनालसमूहका नेताहरूले सहभागी नभएको अवस्थामा सरकार बन्न सक्दैन ।

जसपाका एक नेताकाले बताए अनुसार एमाले एक ढिक्का नभए ओलीको सरकार बन्दैन । त्यसपछि बन्ने भनेको सरकार कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर बन्ने हो । जसपा भित्र कुनै कलह नभएको उनले बताए । तर राजनीतिकरूपमा सरकार बनाउने र बन्ने वातावरण ठोस भइनससकेकोले यसबारे दलहरू टुङ्गोमा पुग्न नसकिएको हो । अर्को कुरो जसपाले उठाएका मागहरूलाई पूरा गर्ने शर्त पनि हो ।

जुन सुकै सरकारले हाम्रा मागहरूलाई सुनिश्चित गराउने पहल गर्छ त्यसलाई सहयोग गर्ने कुरो छँदैछ । बिहीबारका लागि केन्द्रीय समितिको बैठकबारे पार्टीका नेता केशव झाले स्थगित भएको सार्वजनिक गरेका छन् ।

अर्को कुरा जसपाले सरकार नेतृत्व गर्ने नगर्ने विषयमा मतान्तर भनेको रहेको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले सरकारको नेतृत्व पार्टीले गर्ने गरी सरकारमा जानुपर्ने पक्षमा रहेका छन् । राजेन्द्र महतो र लक्षमण लालकर्ण लगायतका नेताहरूले सरकारको नेतृत्व गर्ने कुरो जसपाका लागि उचित नहुने बताइरहेका छन् ।

जसले माग पूरा गर्छ त्यसको पक्षमा जाने लाइन मात्र जसपाका लागि सही भएको कर्ण महतो पक्षका नेताहरूको बुझाइ रहेको छ ।भट्टराई यादव पक्षले भने नेतृत्व पनि आफ्नो पक्षमा पार्ने गरी नयाँ सरकारका लागि भूमिका खेल्नु पर्ने बताइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !