५ जेष्ठ २०८१, शनिबार

अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्दै नेपाली कांग्रेस

प्रकाशित मिति :  18 March, 2021 2:51 pm


काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको छ ।

कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले यस्तो बताएका हुन् । कांग्रेस नेतृत्वमा छिट्टै नयाँ सरकार गठन हुने विश्वास व्यक्त गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसागको कुराकानीमा कोइरालाले कांग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार बन्ने खुलाए ।

ओली सरकारको विपक्षमा रहेका दलहरूबीच नयाँ सत्ता साझेदारीबारे सकरात्मक छलफल भइरहेको बताउँदै उनले भने ‘छलफल ठोस भए अबको एक हप्ताभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत हुनेछ ।”

उनले प्रधानमन्त्री ओलीसँग कांग्रेसले राजनीतिक सहकार्यको सम्भावना नभएकोले नयाँ सरकारका लागि कांग्रेसको नेतृत्वमा अघि बढने विषयमाा छलफल भइरहेको छ ।

देशको आवश्यकताका लागि सरकार बनाउने र पार्टी बनाउन महाधिवेशन गर्ने पनि उनले जनाए ।



प्रतिक्रिया दिनुहोस !