६ जेष्ठ २०८१, आइतबार

आईतबार ताेलामा ५ सयले बढ्याे सुनकाे मूल्य

प्रकाशित मिति :  21 March, 2021 11:37 am


काठमाडाैं । नेपाली बजारमा साताकाे पहिलाे दिन आईतबार सुनकाे मूल्य ताेलामा ५ सयले बढेकाे छ । गत शुक्रबार ८६ हजार ६९८ रुपैयाँमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य ५ सयले बढेर ताेलाकाे ८७ हजार २ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै आईतबार तेजावी सुनकाे मूल्य ८६ हजार ७५१ रहेकाे छ । याे यसअघि तेजावी सुनकाे मूल्य ८६ हजार २४९ रहेकाे थियाे ।

आज चाँदीकाे मूल्य पनि बढेकाे चाँदी प्रतिताेला ६ रुपैयाँले बढेर १२८०मा काराेबार भएकाे व्यवसाही महासंघले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !