४ जेष्ठ २०८१, शुक्रबार

निफ्राले फर्कायो जवाफ : बण्ड जारी गर्ने विषय सेयर सुचिकृत हुनुभन्दा पहिलेकै हो

प्रकाशित मिति :  21 March, 2021 2:32 pm


नेपाल स्टक एक्सचेन्ज नेप्सेले मागेको स्पष्टिकरणमा नेपाल इन्फ्रास्टक्चर बैंकले जवाफ फर्काएको छ । आइतबार नेप्सेले ३० मिलियन डलर बण्ड लण्डन स्टक एकस्चेन्जमा जारी गर्ने विषयमा चैत्र ४ गते बैंकसँग ३ दिने स्पष्टिकरण मागेको थियो ।

सोही स्पष्टिकरणको जवाफ दिँदै निफ्राले ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एउटा हिस्सा रहेको र बैंकले आफ्नो वार्षिक प्रतिवेदनहरु र साधारण सेयर निष्कासनका लागि तयार गरिएको विवरणपत्रमा समेत यसअघि नै उल्लेख गरिसकेको जानकारी गराएको छ।

यसका साथै नेप्सेमा बैंकको सेयर सुचिकृत हुनुअगावै बन्ड जारी गर्न प्रचलित व्यवस्थाबमोजिम बैंकले सम्बन्धित नियमनकारी नियकायबाट लिनुपर्ने केही सहमति तथा स्वीकृतिहरु लिइसकिएको पनि पत्रमा स्पष्ट पारिएको छ ।

यसलाई अन्तिम रुप दन चाहिने थप सहमति र स्वीकृतिहरु लिँदै छिटै तोकिएको ब्याजदरमा बन्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेन्जमा सूचीकृत गराउने गरी बैंक अगाडि बढिरहेको पत्रमा उल्लेख छ।

लाभांशको बारेमा बैंकले सेयर जारीकै बेलाको विवरण पत्रमा २०७७/७८ मा ८ प्रतिशत दिनसक्ने अनुमान प्रस्तुत गरिएको निफ्राले पत्रमा खुलाएको छ । साथै निफ्राले सेयर मूल्य प्रभावित हुने कुनै पनि विषयमा बैंक सँधै सजग रहेको बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !