४ जेष्ठ २०८१, शुक्रबार

नेप्सेको ओरालो यात्रा : साताको दोस्रो दिन २४ अंकले घट्यो

प्रकाशित मिति :  22 March, 2021 3:46 pm


काठमाडौं । साताको पहिलो दिन हरियाली छाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोस्रो दिन भने दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.७९ अंकले घटेर ४४८.८० पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ ।  कारोबारका आधारमा आज अपर तामाकोसी अग्रस्थानमा रहेको छ । तामाकोसीको ४६ करोड ९६ लाख ८९ हजार ८ सय ७६ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा कूल २११ वटा कम्पनीको एक करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँको कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !