१६ बैशाख २०८१, आइतबार

किसान लघुवित्तको सेयर कारोबार रोक्का

प्रकाशित मिति :  23 March, 2021 12:29 pm


काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । मंगलबार नेप्सेले एक विज्ञप्ती जारी गरेर कम्पनीको सेयर कारोबार रोक्का गरिएको जनाएको छ ।

कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको र सूचना परिर्वतन गरेको हुनाले किसानको सेयर कारोबारमा रोक्का गरेको नेप्सेले जानकारी दिएको छ । यसका साथै नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न लघुवित्तलाई निर्देशन समेत दिएको छ ।

किसानले चैत ८ गते सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनामा १ः१को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विषेश प्रस्ताव समावेश गरेको र उक्त प्रस्तावलाई पुनः संसोधन गर्दै उक्त प्रस्ताव हटाएर फेरी साधारण सभासम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

नेप्सेमा धितोपत्र मुल्यांकन सम्बन्धी सूचना तथा जानकारी सिर्जना भएमा सोही दिन वा भोलिपल्ट नेप्सेमा कारोबार खुल्नुअघि जानकारी गराउनुपर्ने तथा महत्वपूर्ण जानकारी समयमै पेश नगरेको भनेर कारोबार रोक्का गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !