४ जेष्ठ २०८१, शुक्रबार

नेप्से १४ अंकले बढ्दा निफ्रा सर्वाधिक कारोबार गर्न सफल

प्रकाशित मिति :  23 March, 2021 4:27 pm


काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले उकालो लागेको छ । मंगलबार सेयर बजार १४.५७ अंकले बढेर २५२८.९५ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.०९ अंकले बढेर ४४८.८९ मा पुगेको छ ।

आज नेप्सेमा कुल १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ, भने बाँकी ६ वटा कम्पनीको सेयर घटेको छ । आज नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ ।

आज व्यापार समूह सर्वाधिक ३४६.४६ अंकले उकालो लागेको छ । निर्जीवन बीमा समूह १७४.०४ अंकले बढेको यो दिन होटेल तथा पर्यटन समूहमा १५५.५ अंक, जलविद्युत् समूहमा १२९.८४ अंक, लघुवित्त समूहमा ६९ अंक, म्युचुअल फन्ड समूहमा ०.०२ अंक र लगानी समूहमा १.०३ अंकले बढेको छ ।

कारोबारका आधारमा आज नेपाल इन्फ्राइस्टक्चर बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५२ करोड ६० लाख ९४ हजार ५ सय ७२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै जीवन बीमा समूह सर्वाधिक ९८.७८ अंकले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ४२.३३ अंकले घटेको आज बैंकिङ समूहमा ६.६८ अंक, विकास बैंक समूहमा ६.०५ अंक, वित्त समूहमा ४.७४ अंक र अन्य समूहमा ११.४१ अंकले घटेको छ ।

कूल २०८ वटा कम्पनीको एक करोड २ लाख ७६ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४१ लाख ८९ हजार १६९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !