२१ बैशाख २०८१, शुक्रबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जोरपाटीबाट पक्राउ

प्रकाशित मिति :  23 March, 2021 6:08 pm


काठमाडौं । बैंकिङ कसूर मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थायी ठेगाना भएका बुद्धिबहादुर तामाङलाई प्रहरीले मंगलबार जोरपाटिबाट पक्राउ गरेको हो । ४० वर्षीय बुद्धिबहादुरलाई चेक अनादर गरेको मुद्दामा दोषी ठहर गर्दै गत फागुन १७ गते उच्च अदालत पाटनले ६ दिन कैद र १९ लाख ९० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

तामाङले २०७६ कात्तिक २५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी जानी कुमारी तामाङलाई कृषि विकास बैंकको जोरपाटी शाखामा रहेको आफ्नो खाताबाट भुक्तान हुने गरी चेक काटेर दिएका थिए।

तामाङलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको प्रहरीले जानकारी दिएको छ।

फैसला कार्यान्वयनका लागि बुद्धिबहादुरलाई मंगलबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !