२० बैशाख २०८१, बिहिबार

एफपीओ निष्काशन गर्ने तयारीमा सारथी नेपाल लघुवित्त

प्रकाशित मिति :  24 March, 2021 12:13 pm


काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने तयारी गरेको छ । संस्थाको चैत्र ९ गते सोमबार बसेको संचालक समितिको बैठकले एफपीओ निष्कासन गर्ने प्रस्ताव सहित बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ ।

बैठकले वैशाख ३ गते शुक्रबार होटेल अरनिको धुलिखेलमा विहान ११ बजे सभा बोलाएको हो ।सभामा एफपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।

सभामा एफपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने प्रस्ताव पारित हुने संस्थाले जनाएको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा पारित गर्ने, आर्थिक वर्ष २०७७÷७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थाको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। वित्तीय संस्थाले अन्य वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि आवश्यक कार्य गर्न गराउन सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही चैत १९ गतेदेखि आउँदो वैशाख ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत्र १८ गते सम्म कायम सेयरधनीले सभा तथा लाभाशंमा सहभागी हुन पाउनेछन्



प्रतिक्रिया दिनुहोस !