५ पुस २०८२, शनिबार

कोरोना संक्रमणको फेरि जोखिम बढेको भन्दै सभापति घर्तीद्वारा सरकारको ध्याकर्षण

प्रकाशित मिति :  24 March, 2021 4:47 pm


काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले भारतसँग विश्वका कतिपय मुलुकमा फेरि कोरोना महामारीको लहर शुरु भएको भन्दै सरकारको ध्याकर्षण गराएकी छन् ।

आज बसेको समिति बैठकमा सभापति घर्तीले अपेक्षा अनुसार सतर्कता नदेखिएको भन्दै ध्यान दिन सरकारलाई आग्रह गरिन् ।

समितिका सदस्य गजेन्द्र महतले कोरोना महामारीलाई आतङ्कका रुपमा लिन नहुने तर आवश्यक उच्च सतर्कता अपनाउनुपर्ने बताए । अर्का सदस्य हितबहादुर तामाङले भारतमा कोरोना सङ्क्रणमको दर उच्च रहेको खबर सार्वजनिक भइरहेकाले नेपाल सरकारले रोकथामका लागि तयारी तीव्र पार्नुपर्नेमा जोड दिए ।

समिति सदस्यहरुले सर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने, सबै नेपालीलाई कोरोनाविरुद्धको खोप सुनिश्चितता गर्नुपर्ने, अग्रपङ्क्तिमा काम गर्ने तथा जोखिम समूहलाई तत्कालै खोप लगाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !