१६ बैशाख २०८१, आइतबार

सूचना आयाेगकाे बार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

प्रकाशित मिति :  22 December, 2019 9:57 pm


काठमाडौं, ६ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयाेगकाे बार्षिक प्रतिवेदन प्रस्तुत गरिएकाे छ ।

राष्ट्रिय सूचना आयाेगका प्रमुख आयुक्त कृष्णहरि बास्काेटा, आयुक्तद्वय किरण पाेखरेल, यशाेदा तिमिल्सिना र आयाेगका सचिवसहितकाे टाेलीका साथ आज (पुस ६ गते बेलुका ७:०० बजे) प्रधानमन्त्रीसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक पेजमार्फत् जानकारी दिनु भएको हो।

प्रधानमन्त्रीले प्रतिवेदन ग्रहणपछि सम्बाेधनका क्रममा भन्नुभयाे, “हामी सम्पूर्ण लाेकतन्त्र (कम्प्रेहेन्सिभ डेमाेक्रेसी)का हिमायती हाैं । तसर्थ: राष्ट्रिय हित, सार्वभाैमिकता, राष्ट्रिय सुरक्षा र अखण्डतासँग सम्बन्धितबाहेक सरकार सूचनाकाे हककाे निर्वाध उपयाेगकाे पक्षमा रहेकाे छ ।”

थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सूचना प्रवाहका लागि छुट्टै फेसबुक पेज सूरु गर्नु भएको हो। पेजमा जान यहाँ क्लीक गर्न सकिन्छ।



प्रतिक्रिया दिनुहोस !