२१ बैशाख २०८१, शुक्रबार

साताको अन्तिम दिन २१ अंकले घट्यो सेयर बजार

प्रकाशित मिति :  25 March, 2021 3:58 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९६मा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ५.६४ अंकले घटेर ४५०.३१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबारमा आएका कूल १३ उपसमूहमध्ये ३ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।
त्यस्तै आज कारोबारको आधारमा सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको ८९ करोड ५० लाख ३८ लाख बराबरको कारोबार भएको छ ।

कूल २०८ वटा कम्पनीको एक करोड २३ लाख ७६ हजार ७ सय ७७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड ३३ लाख ५७ हजार ३ सय ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !