१४ माघ २०७९, शनिबार

आगामी बजेटको लागि अर्थमन्त्रालयले माग्यो सुझाव

प्रकाशित मिति :  26 March, 2021 1:32 pm


काठमाडौं । सरकारले आगामी आर्थिक बजेटका लागि सुझाव मागेको छ । अर्थमन्त्रालयले आगमी आर्थिक वर्ष ०७८/७९ सरोकारवालाहरुबाट सुझाव मागेको हो ।

मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तर्जुमासम्बन्धी काम प्रारम्भ भइसकेको जनाउँदै यसमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव संकलन गर्न लागेको हो ।

मन्त्रालयले आगामी बजेटको बारेमा संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी पेसाकर्मी, कर्मचारी, सञ्चारमाध्यम र आमनागरिकले सुझाव पठाउने अनुरोध गरेको छ ।

अर्थमन्त्रालयको वेवसाइटमा गएर बजेट सुझावसम्बन्धी ट्यावमा गएर अथवा इमेल मार्फत आफ्नो सुझाव पठाउन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !