१५ बैशाख २०८१, शनिबार

यसकारण ढिलाई हुने भयो ज्योतिलाइफको आइपीओ नतिजा वेवसाइटमा हेर्न

प्रकाशित मिति :  26 March, 2021 3:16 pm


काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सकिएपछि नतिजा भने अहिले सम्म हेर्न मिलेको छैन ।

आइपीओ बाँडफाँड भएपछि पनि डाटा अपलोड गर्न समय लाग्ने भएको हुनाले नतिजा हेर्न केहि समय लाग्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

एनएमबी क्यापिटलका कर्मचारी दिपिका लाखीका अनुसार अहिले डाटा अपलोड गर्ने काम भइरहेको र केही समय लाग्ने हुनाले बेलुकासम्म नतिजा हेर्न सकिनेछ ।

आइपीओ बाँडफाँडको काम दिउँसै सकिएता पनि सर्भरमा डाटा अपलोड गर्न ७/८ घण्टा लाग्ने हुनाले नतिजा हेर्न बेलुका सम्म कुर्नु पर्ने लाखीले बताइन् ।



प्रतिक्रिया दिनुहोस !