१२ श्रावण २०८१, शनिबार

काठमाडौंको आकाशमा एक्कासी तुवाँलो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित

प्रकाशित मिति :  26 March, 2021 3:43 pm


काठमाडौं । काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द भएको जानकारी दिए ।

कर्णले ‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण बन्द गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष, मकवानपुरका केही जंगलमा आगलागी हुँदा काठमाडौं र आसपासको क्षेत्र धुवाँले ढाकेको हो।



प्रतिक्रिया दिनुहोस !