१२ श्रावण २०८१, शनिबार

ओली नेतृत्वको सरकारलाई दिएको समर्थन एकदुई दिनमै फिर्ता हुन्छ : प्रचण्ड

प्रकाशित मिति :  27 March, 2021 3:06 pm


फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका छन् ।

नागरिक समाजसँगको सम्बाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब धेरै दिन समर्थन नदिने स्पष्ट पारे । उनले भने,“अब धेरै दिन समर्थन गर्न सकिँदैन । समर्थन फिर्ता लिने प्रकृया केही दिनभित्रै अगाडि बढाउँछु ।”

अध्यक्ष प्रचण्डले आफैले प्रतिगामी भनेको सरकारलाई धेरै समय नैतिक रुपमा समर्थन गर्न नमिल्ने बताए ।

आफूले ओलीले चालेको कदमका विरुद्ध रहेका सबै दलबीच न्यूनतम सहमति होस् भन्ने मात्रै चाहेको बताए । उनले आविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस भनेर दाह्रा किटेर केही समयलाई समर्थन कायम राखेको बताए ।



प्रतिक्रिया दिनुहोस !