५ जेष्ठ २०८१, शनिबार

भारतमा कोभिशिल्ड खोपको मुल्य घट्यो

प्रकाशित मिति :  28 March, 2021 5:21 pm


नयाँ दिल्ली । भारत सरकारले कोभिड १९ बिरुद्ध दोस्रो चरणका लागि कोभिशिल्ड खोपको मुल्य घटाएको छ । भारत सरकारले सर्वसाधारणका लागि दोस्रो चरणको कोभिशिल्ड खोप एक सय ५७ रुपैँया तोकेको छ ।

यस भन्दा अघि कोभिसिल्ड खोपको मुल्य कर सहित प्रति डोज दुई सय दश रुपैँया थियो । दोस्रो चरणमा बीस करोड ७० लाख मानिसमा खोप लगाउने सरकारको योजना रहेको छ ।

सरकारी स्वामित्वका अस्पतालहरुमा भने निशुल्क खोप लगाइएको छ । भारतले जनवरि १६ देखि प्राथमिकताका आधारमा खोप लगाउन शुरु गरेको हो भने मार्च १ देखि दोस्रो चरणको खोप जारी गरेको छ । स्रोत द डेली स्टार



प्रतिक्रिया दिनुहोस !