१४ माघ २०७९, शनिबार

भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान

प्रकाशित मिति :  29 March, 2021 11:24 am


काठमाडौं । सरकारले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरको छ।

भन्सार विभागले २१ वर्ष पुरा गरेका नेपाली नागरिकले https://www.customs.gov.np/ वेवसाइटमा गएर दरखास्त दिन सक्नेछन् ।

विभागले भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिंकमार्फत दिनुपर्ने बताएको छ । विभागले ६ सय ६० जनका भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको हो ।

उमेदवारले कम्तिमापनि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने र कम्युटर सम्बन्धी तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेमा जोड दिएको छ ।

परीक्षाका लािग काठमाडौंमा केन्द्र तोकिएको छ भने दरखास्तका लागि ३ हजार रुपैयाँ लाग्ने विभागले जनाएको छ । दराखस्तको अन्तिम मिति २०७८ वैशाख ५ गतेसम्म तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !