२० बैशाख २०८१, बिहिबार

साँखुमा होली खेल्दा एसिड प्रहार, ३ जना बालबालिका घाइते

प्रकाशित मिति :  29 March, 2021 1:30 pm


काठमाडौं ।  काठमाडौंको साँखुस्थित शंखरापुर नगरपालिका– १ चापागाउँमा होली खेल्दा ३ जना बालबालिका घाइते भएका छन् । साँखुको नविन ग्राम विद्यालयको कम्पाउण्डमा होली खेलिरहेका उनिहरुलाई डेरिमा राखेको एसिड छ्याप्दा घाइते भएका हुन् ।

घाइते हुनेमा १६ वर्षीया अस्मिता तामाङ, ११ वर्षका सविन तामाङ र ९ वर्षीय विशाल तामाङ रहेको प्रहरीले जनाएको छ । त्यस्तै होलीमा एसिड छ्याप्ने १७ वषीय पवन पहारी र आकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

स्कुल कम्पाउण्डभित्र रहेको क्यान्टिनको दूध डेरीमा राखिएको एसिड प्रहार भएको साँखु प्रहरीले जनाएको छ । अहिले उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !