१४ माघ २०७९, शनिबार

नेप्से ५ अंकले घट्दा चन्द्रागिरीको सेयरमूल्यमा भारी गिरावट

प्रकाशित मिति :  29 March, 2021 3:55 pm


काठमाडौं ।  साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.५२ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ४४९.९२ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।

नेप्सेमा आज लघुवित्त समूह सर्वाधिक ४४.५ अंकले उकालो लागेको छ। जलविद्युत् समूह २४.५२ अंकले बढेको आज वित्त समूहमा ५.२ अंकले बढेको छ ।

त्यस्तै व्यापार समूह सबैभन्दा बढी २१२.८३ अंकले ओरालो लागेको छ । होटेल तथा पर्यटन समूह १४४.८२ अंकले घटेको यो दिन बैंकिङ समूहमा ६.७२ अंक, विकास बैंक समूहमा ०.४८ अंक, निर्जीवन बीमा समूहमा २१.९ अंक, उत्पादन तथा प्रशोधन समूहमा २०.१८ अंक, अन्य समूहमा १९.२१ अंक, जीवन बीमा समूहमा ३०.६५ अंक, म्युचुअल फन्ड समूहमा ०.०६ अंक र लगानी समूहमा ०.०६ अंकले घटेको छ ।
नेप्सेमा आज कारोबारका आधारमा सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको ४४ करोड ३१ लाख ६५ लाख बराबरको कारोबार भएको छ ।

सेयर बजार ओरालो लागेपछि चन्द्रागिरीको चन्द्रागिरी हिल्सको सेयरमूल्यमा भारी गिरावट आएको छ । निरन्तर बढिरहेको कम्पनीको सेयरमूल्यमा आज (सोमबार) गिरावट आएसँगै बेच्नेको संख्या ह्वात्तै बढेको छ ।

कूल २०९ वटा कम्पनीको ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !