१२ श्रावण २०८१, शनिबार

महोत्तरीमा ७ बालिका तथा युवती सम्पर्कविहीन,खोजीकार्य जारी

प्रकाशित मिति :  31 March, 2021 9:27 am


महोत्तरी । महोत्तरीमा सम्पर्कविहीन भएका ७ बालिका तथा युवतीको प्रहरीले खोजी सुरु गरेको छ ।

महोत्तरीको भंगहा– ८ धरमपुरमा हिजो घाँस काट्न गएका ७ जना बालिका तथा युवती सम्पर्कविहीन भएपछि प्रहरीले खोजी सुरु गरेको हो ।

स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान र १० वर्षीया सीमा पासवान अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र अहिलेसम्म सम्पर्कमा नआएको भंगहा नगरपालिकाका मेयर संजिव साहले जानकारी दिए ।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बेपत्ता युवती तथा बालिकाहरूको खोजी भइरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !