१९ बैशाख २०८१, बुधबार

टिएमएस प्रणालीमा समस्या, लगानीकर्ताले काराेबार गर्न पाएनन्

प्रकाशित मिति :  31 March, 2021 1:04 pm


काठमाडाैं । नेपाल स्टक एक्जचेन्जको कारोबार व्यबस्थापक प्रणाली टिएमएसमा समस्या आएको छ । टिएमएसमा समस्या आए पछि सेयर लगानी कर्ताले सेयर किनबेच गर्न पाएका छैनन् ।

बृधबार बजार खुलेको केही समय पछि टिएमएस प्रणालीमा समस्या आएपछि लगानीकर्ताले सेयर कारोबार गर्न समस्या भएको छ ।

बृधबार कारोबार खुलेको १ घण्टापछि सबै ब्राकर कम्पनीको टीएमएस प्रणाली समस्या आएको नेपाल ब्रोकर एशोशिएनका पुर्व अध्यक्ष प्रिय राज रेग्मीले जानकारी दिएका छन् ।

समस्याबारे अनुसन्धान भइरहेको र छिटै समाधान गरिने उनले जानकारी दिए । समस्या समाधान हुन केही समय लाग्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस !