१२ श्रावण २०८१, शनिबार

कुमारी बैंक र उपाय सिटी कार्गोबीच डिजिटल भुक्तानी सम्झौता

प्रकाशित मिति :  31 March, 2021 4:13 pm


काठमाडौं ।

कुमारी बैंक र उपाय सिटी कार्गो प्रालिबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ ।

नगदमा आधारित भुक्तानीलाई नगद रहित बनाउने उद्देश्यले बैंकको नक्साल परिसरम एक कार्यक्रमबीच सम्झौता भएको बैंकले जनाएको छ ।

सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्युआर सुविधा, सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र इएमआइ पेमेन्ट अप्सन लगायतका सुविधा उपलब्ध गराउने भएको छ ।

सिटी कार्गोसंग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यू.आर.कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको जनाइएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणा, उपाय सिटि कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझी, एफ वान सफ्ट इन्टरनेशनलका विश्वास ढकाल, युके एड अन्तर्गतको सीप परियोजना प्रमुख बल्जित बोहरा लगायतको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।

आफ्नो डिजिटल सामथर््यलाई परिस्कृत गर्न कुमारी बैंकले देशभर १९२ शाखा सञ्जाल विस्ता गरेको छ । बैंक १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !