१७ माघ २०७९, मंगलबार

अटोरिक्सामा मुक्तिनाथ बैंकको क्युआर कोड सेवा

प्रकाशित मिति :  1 April, 2021 11:57 am


काठमाडौैं ।

मुक्तिनाथ विकास बैंकले अटो रिक्सामा क्युआर कोड सेवा सुरु गरेको छ ।

बैंकका अनुसार गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनानै भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ ।
क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई प्रशिक्षण गरेका छन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्गर्तत जुन सुकै बैंकको एटिम बाट बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।मोबाईल बैंकिङ्ग, क्यूआर कोड

स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !